Logo

कोरोना कहर : विश्वभर ४० लाखभन्दा बढी संक्रमित, निको हुनेको संख्या १४ लाख नजिक (अपडेट)

कोरोना कहर : विश्वभर ४० लाखभन्दा बढी संक्रमित, निको हुनेको संख्या १४ लाख नजिक (अपडेट)



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७५ हजार ९५९ पुगेको छ पछिल्लो २४ घण्टामा ५ हजार ५५६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९७ हजार ९८३ जना थप संक्रमित पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार संसारभर ४० लाख १० हजार ५७१ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर १३ लाख ८२ हजार ३३३ जना ठिक भएका छन् । अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७८ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ लाख २० हजार ८ सय नाघेको छ ।

बेलायतमा संक्रमितको संख्या २ लाख ११ हजार ३ सय नाघ्दा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । उता इटालीमा २ लाख १७ हजार १ सय भन्दा बढी संक्रमितमध्ये ३० हजार २ सय १ जनाकोे मृत्यु भएको छ ।

स्पेनमा २ लाख ६० हजार बढी कोेरोना संक्रमित मध्ये २६ हजार ३ सयको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार नाघेको छ । जसमध्ये २६ हजार २ सय बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ७० हजार ५ सय बढी संक्रमितमध्ये ७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ८ सय ८६ जना संक्रमितमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै भारतमा संक्रमितको संख्या बढेर ५९ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ । पाकिस्तानमा २६ हजार ४ सय बढी संक्रमित मध्ये ५ सय ९९ जनाको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्