Logo

एनएलजी इन्स्योरेन्सको नाफा १६ करोडमा झर्यो, दावी भुक्तानी मुख्य कारण

एनएलजी इन्स्योरेन्सको नाफा १६ करोडमा झर्यो, दावी भुक्तानी मुख्य कारण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२ भदौ,काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७१र०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुदा नाफा गरेको छ । यो अघिल्लो वर्षको भन्दा एक करोड रूपैयाँले कम हो ।

गत बैशाखमा आएको भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोजिन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । भूकम्पका दाबीमध्ये ४२ प्रतिशत भुक्तानी गरिसकेको शाहले बताए । ‘सानो रकमको दाबी भुक्तानी भइसकेको र ठुलो रकमको दावी भुक्तानी हुन बाँकी छ’ उनले भने ‘ठूला दाबीमा अग्रिम भुक्तानी दिइरहेकका छौं ।’

बीमा कम्पनीहरु आफ्नो दायित्वप्रति जिम्मेवार रहेको भन्दै आफ्नै कोष र पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर सकेसम्म छिटो भुक्तानी गर्ने शाहले जानकारी दिए । त्यस्तै भूकम्पपछि परेको दावीको ५० प्रतिशत मात्रै सर्भेयर रिपोर्ट आएकाले भुक्तानीमा ढिलाई भएको उनले बताए ।

एनएलजीमा भूकम्पपछि ६८ करोड रुपैयाँ बराबरको १२ सय ३३ वटा दावी परेको उनले जानकारी दिए । ती मध्ये पाँचसय २६ दावी बराबरको १४ करोड रुपैयाँ भुक्तानी गरेको शाहले बताए । बैशाख २७ गते देखिनै कम्पनीले कम्पनीले दाबी भुक्तानी दिन थालेको बताइएको छ ।

इन्स्योरेन्सले गत आवमा ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चुक्ता पुँजी ३४ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीले बैंकमा निक्षेप तथा सरकारी ऋणपत्रमा गरी एक अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । एनएलजी इन्स्योरेन्सले २९ शाखाबाट बीमा सेवा र्पुयाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL