Logo

शुक्रबार कोशी अस्पतालबाट ८ जना डिस्चार्ज, कोरोना उपचार पछि निको हुनेको संख्या ३० पुग्यो

शुक्रबार कोशी अस्पतालबाट ८ जना डिस्चार्ज, कोरोना उपचार पछि निको हुनेको संख्या ३० पुग्यो



काठमाडौं । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ ।

शुक्रबार डिस्चार्ज हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेको अस्पतालले जानकारी दिएको छ । जस मध्ये १ महिला सहित ५ जना उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केका हुन भने २ जना विराटनगर महानगरपालिका १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती रहेको अस्पतालले जानकारी दिएको छ ।

उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । निको भएकाहरुको विदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए । संक्रमण मुक्त भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यस अघि ६ जना डिस्चार्ज भएकाहरुलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्