Logo

दी नेपाल डिष्टिलरीजको ह्यासट्याग दि न्यु ब्रेब संचालनमा, जतिधेरै पोष्ट उति धेरै पैसा

दी नेपाल डिष्टिलरीजको ह्यासट्याग दि न्यु ब्रेब संचालनमा, जतिधेरै पोष्ट उति धेरै पैसा



काठमाडौं । दी नेपाल डिष्टिलरीजले ह्यासट्याग दि न्यु ब्रेब योजना संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सामाजिक पहलअन्तरगत सो योजना मार्फत १ पोष्ट बराबर १ हजार रुपैयाँ जम्मा गर्नेछ ।

उक्त योजनामा सहभागिले तस्विर वा भिडियो जानकारी सहित आफ्नो फेसवुकमा ह्यासट्याग दि न्यु ब्रेब लेखी सेयर गर्नु पर्नेछ । उक्त पोष्ट भने कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने रहेको छ । उक्त पोष्टबापत प्राप्त हुने रकमले २ हप्ता पछि दैनिक ज्याला मजदुरीगर्नेहरुलाई खाद्यान्न तथा औषधिजन्य सामाग्री उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

दी नेपाल डिष्टिलरिजलको समाजिक पहल अन्तर्गत शुरु गरिएको यो योजनामा सहभागीभई फोटो वा भिडियो पोष्ट गर्ने जो कसैको सानो शुरुवात वाट धेरैले लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ । योजना अनुरुप जतिधेरै मानिसले फोटो वा भिडियो पोष्ट गर्यो त्यति नै बढी रकम कम्पनीले जम्मा गर्नेछ ।

जुन रकम वास्तविकरुपमा खाँचोमा परेकाहरुले प्राप्तगर्ने मौका पाउँछन् । कम्पनीले यसका लागि सबैलाई सहभागिहुनसमेत आग्रह गरेको छ । कम्पनीले भनेको छ, ‘वीरताको अर्थ के हो ? आफूसँग कम हुँदापनि बाँड्न सक्नु, सानो भएपनि बाँड्न सक्नु, सानो भएपनि भिन्नता ल्याउनु, आफूसँग केही नहुँदापनि अरुलाई सहयोगगर्नु, कसैलाई साथ दिनु, अटल भएर बिश्वास गर्नु, निश्वार्थी भएर अरुलाई सहयोग गर्नु र अरुको हेरचाह गर्नु वीरता हो ।’

प्रतिक्रिया दिनुहोस्