काठमाडौं । ३० जना चिनियाँ हिमाल आरोहीको समुहले विश्वकै अग्लो शिखर सगरमाथाको उचाई पुनः नाप्ने भएको छ । सिन्ह्वाका अनुसार गत बुधबार चिनियाँ आरोही र चीनस्थित प्राकृतिक स्रोत मन्त्रालयका अनुसन्धाताहरुको टोली सगरमाथाको नापका निम्ती बेस क्याम्पतीर गएका हुन ।
उक्त ३० जनाको टोलीले समुद्री सतहबाट सगरमाथाको चुचुरोसम्मको नाप लिनका लागि ग्लोबल नेभिगेशन स्याटेलाईट प्रणाली तथा ग्राभिमिटरलगायतको डिभाईसको प्रयोग गर्नेछ ।
उक्त टोलीले उच्च हिमाली क्षेत्रमा आफुलाई समयानुकुल तुल्याउन तालिमका लागि यसअघि अप्रिल पहिलो हप्ता नै बेसक्याम्पसम्म पुगिसकेको छ । सन १९४९ यता मात्रै चिनियाँ अनुसन्धाताहरुले छैटौं पटकसम्म सगरमाथाको उचाईको नाप लिने काम तथा वैज्ञानिक अनुसन्धान गरिसकेका छन् ।
यसअघि सन १९७५ मा गरिएको सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव १३ मिटर अर्थात २९ हजार २९ फिट थियो । त्यसपश्चा सन २००५ मा पुनः नाप्दा यसको उचाई ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर अर्थात २९ हजार १७ फिट बताईएको थियो ।
यस्तो विवादास्पद नाप आउनुमा हिउँको तह, गुरुत्वाकर्षण असर तथा प्रकासको आवर्तनलाई प्रमुख कारण मानिएको छ ।