Logo

कोरोना उपचार पछि घर फर्कनेको संख्या साढे १३ लाख नजिक, संक्रमितको संख्या ३९ लाख नाघ्यो (अपडेट)

कोरोना उपचार पछि घर फर्कनेको संख्या साढे १३ लाख नजिक, संक्रमितको संख्या ३९ लाख नाघ्यो (अपडेट)



काठमाडौं । २ सय १२ देशमा फैलिएको कोरोना भाईरस संक्रमणको उपचार पछि १३ लाख ४४ हजार १ सय २० जना निको भएर घर फर्केका छन । संक्रमितको संख्या भने ३९ लाख १७ हजार ५ सय ३२ जना पुगेको वल्डमिर्टशको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या भने २ लाख ७० हजार ७२० जना रहेको छ ।

कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा ७६ हजार ९२८ जनाले ज्यान गुमाईसकेका छन भने १२ लाख ९२ हजार ६२३ जना संक्रमित देखिएको तथ्याङ्कमा उल्लेख छ । अमेरिका पछि दोस्रोमा रहेको स्पेनमा २६ हजार ७० जनाले ज्यान गुमाईसकेका छन भने संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ जना पुगेका छन ।

त्यसतै इटालीमा संक्रमितको संख्या २ लाख १५ हजार ८५८ रहेको छ भने मृत्यु हुनेको संख्या २९ हजार ९५८ जना रहेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार ७१५, रसियामा १ लाख ७७ हजार १६०, फ्रान्समा १ लाख ७४ हजार ७९१, जर्मन १ लाख ६९ हजार ४३०, ब्राजिल १ लाख ३५ हजार ७७३, टर्कि १ लाख ३३ हजार ७२१ र इरानमा १ लाख ३ हजार १३५ जना संक्रमित रहेका छन ।

त्यस्तै १ लाख भन्दा कम र १० हजार भन्दा बढीको संख्यामा संक्रमित हुने देशहरुमा चीन, क्यानाडा, पेरु, भारत, बेल्जियम, नेदरल्याण्ड, साउदीअरेबिया, इक्वडर, स्वीजरल्याण्ड, मेक्सिको, पोर्चुगल, पाकिस्तान, स्वीडेन, चिलि, आयरल्याण्ड, सिंगापुर, बेलारुस, कतार, दुबई, अष्ट्रिया, जापान, पोल्याण्ड, रोमानिया, युक्रेनियम, इन्डोनेसिया, बंगलादेश, दक्षिण कोरिया, फिलिपिन्स र डेनमार्क रहेका छन ।

पछिल्लो २४ घण्टामा मात्रै ९६ हजार २ सय ६२ जना नयाँ संक्रमित थपिएका छन भने ५ हजार ५८९ जनाले ज्यान गुमाएका छन । त्यस्तै हालसम्म ४८ हजार ९ सय ६२ जनाको अवस्था भने चिन्ताजनक रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्