Logo

जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्ने, अनिवार्य कोरोना परीक्षण गरेर मात्र सांसदलाई प्रवेश

जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्ने, अनिवार्य कोरोना परीक्षण गरेर मात्र सांसदलाई प्रवेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन ।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्नु अघि संसदमा वैशाख २८, २९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ । गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो । तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो ।

संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो । सोही अनुसार प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको समयको टुङ्गो लगाउने भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

संसदको बजेट अधिवेशन २६ गते शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनको लागि संसद बैठकमा सहभागी हुन सांसदहरुलाई कोरोना भाईरस भएनभएको परीक्षण गराएर मात्रै प्रवेश गर्न दिने तयारी भईरहेको छ । जस्का लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ । उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL