Logo

कोरोना कहर : विश्वभर ३८ लाख संक्रमित मध्ये १३ लाख निको भए, ४८ हजारको अवस्था भने गम्भीर (अपडेट)

कोरोना कहर : विश्वभर ३८ लाख संक्रमित मध्ये १३ लाख निको भए, ४८ हजारको अवस्था भने गम्भीर (अपडेट)



काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म विश्वभर ३८ लाख १२ हजार भन्दा धेरै संक्रमित बनेका छन् ।

जसमध्ये हालसम्म १२ लाख ९२ हजार ११७ जना उपचार पछि निको भइसकेका छन् भने २२ लाख ५६ हजार ६६२ उपचाररत छन् । जसमध्ये ४८ हजार २०१ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २०० को ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७ तथा फ्रान्समा २५ हजार ८०९ को कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

नेपालमा बुधबारसम्म संक्रमितको संख्या ९९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २० पुगेको छ । निको भएर घर फर्केका मधये ३ जनामा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्