Logo

जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो ।

कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले पनि लकडाउन बढाउन मन्त्रिपरिषद्लाई सुझाव दिएको थियो । कोरोना परीक्षणको गति थोरै भएकाले जोखिम कायमै रहेको भन्दै लकडाउन बढाउने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL