Logo

कोरोना संक्रमण पुनः पोजिटिभ हुँदा बिरामीलाई पनि खतरा हुँदैन र अन्यलाई पनि सर्दैन : जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे

कोरोना संक्रमण पुनः पोजिटिभ हुँदा बिरामीलाई पनि खतरा हुँदैन र अन्यलाई पनि सर्दैन : जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे



काठमाडौं । सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको छ | यसबाट आम नागरिकमा अन्योलता देखिएको छ | यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमा देखिएका छन् | यसका कारण देहाय बहोजिम छन् |

– संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण र मृत कोष खोक्दा फोक्सोबाट घांटीमा निस्किन्छन् | जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् | PCR टेस्ट संबेदनशील परिक्षण हो | त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ | त्यो टेस्टमा देखिएपनि अरु व्यक्तिलाई सर्दैन |

– परिक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउन सक्छन् |

– CDC कोरियाका निर्देशक जियांग ईन-क्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरस “पुनः सक्रिय” भएको हुन सक्छ।

– फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्- “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवल भाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ र यो सक्रिय भाइरसको लागि मात्र होइन ” |

– कोरियामा निको भएका २.१ % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको छ | त्यस्तै चीनमा ५ – १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ
– ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् |

– परिक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ |

– कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ र फल्स नेगेटिभ रिपोर्ट आउँछ | कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पल लिएका हुँदैनन् | स्याम्पलको संकलन, सुरक्षण, परिवहन र परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ |

– पोजिटिभ देखिए पनि खतरा हुँदैन र अरुलाई सर्दैन | तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन र ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन |

प्रतिक्रिया दिनुहोस्