Logo

कोरोना संक्रमितको संख्या ३७ लाख २७ हजार नाघ्यो, उपचार पछि निको हुनेको संख्या साढे १२ लाख नजिक (अपडेट)

कोरोना संक्रमितको संख्या ३७ लाख २७ हजार नाघ्यो, उपचार पछि निको हुनेको संख्या साढे १२ लाख नजिक (अपडेट)



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या ३७ लाख २७ हजार ८ सय ६४ जना पुगेको छ । लाईभ अपडेटमा रहेको वल्डमिटर्सको तथ्याङ्क अनुसार हाल सम्म विश्वभर फैलिएको उक्त भाईरसका कारण संक्रमितको संख्या ३७ लाख २७ हजार ८ सय ६४ जना पुगेको हो ।

त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या भने १२ लाख ४२ हजार ३९३ जना पुगेको छ भने मृतकको संख्या २ लाख ५८ हजार ३ सय ४० जना पुगेको तथ्याङ्कमा उल्लेख छ । विश्भर महामारीको रुपमा फैलिएको उक्त भाईरसका कारण अमेरिकामा मात्रै ७२ हजार २ सय ७१ जनाले ज्यान गुमाईसकेका छन ।

उपचार पछि पर्कनेको संख्या भने २ लाख ६ सय २८ जना रहेको छ भने संक्रमितको संख्या १२ लाख ३७ हजार ६३३ जना पुगेको छ । अमेरिका पछि दोस्रोमा रहेको स्पेनमा संक्रमितको संख्या २ लाख ५० हजार ५६१ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २५ हजार ६१३ जना रहेको छ । स्पेनमा उपचार पछि घर फर्कनेको संख्या भने १ लाख ५४ हजार ७१८ जना रहेको छ ।

हालसम्म इटालिमा मृत्यु हुनेको संख्या २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जना रहेको छ भने संक्रमितको संख्या क्रमशः २ लाख १३ हजार १३, १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ जना रहेको तथ्याङ्कमा उल्लेख छ । १ लाख भन्दा बढी संक्रमित हुने देशहरुमा भने जर्मन, रसिया, टर्कि र ब्राजील रहेको छ भने इरानसमेत १ लाखको नजिक रहेका छन ।

प्रतिक्रिया दिनुहोस्