Logo

बिरामीको नाममा यात्रु ओसार्दै एम्बुलेन्स : पहुँचवालालाई जथाभावी पास वितरण, असुरक्षित बन्दै काठमाडौं

बिरामीको नाममा यात्रु ओसार्दै एम्बुलेन्स : पहुँचवालालाई जथाभावी पास वितरण, असुरक्षित बन्दै काठमाडौं



काठमाडौं । काठमाडौंमा डेरा गरी बस्दै गरेका ४ जनाको परिवार मंगलबार साँझ अर्घाखाँचीबाट काठमाडौं आईपुगे । यति ठूलो संख्यामा अर्घाखाँचीबाट काठमाडौं आईपुगेको देखेपछि घरबेटी नै अचम्ममा परेर सोधे–‘कसरी आईपुग्नु भयो ?’ सुरुमा उनीहरुले कसरी आईपुगेको भन्न मानेनन् । कुरा बुभ्दै जाँदा उनीहरुलाई एम्बुलेन्सले बिरामी ल्याउने बाहनामा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर काठमाडौं ल्याईदिएको रहेछ । यस विषयमा एम्बुलेन्स चालकले पनि कसैलाई नभन्नु भनेका रहेछन् ।

यसैगरी काठमाडौंमा शैलुन व्यवसाय गर्दै आएका दुई जना पनि जनकपुरबाट सोमबार काठमाडौं आईपुगेका थिए । उनीहरुले पनि त्यसैगरी एम्बुलेन्स प्रयोग गरी काठमाडौं आएका रहेछन् । ‘अहिले एम्बुलेन्सले रिजर्भ गरेर प्रतिव्यक्ति ८ हजार देखि १२ हजार रुपैयाँसम्मका जनकपुरबाट काठमाडौं मान्छे ल्याउने काम गर्दै आएको छ’–उनीहरुले थपे ।यी त भए प्रतिनिधि पात्र मात्र ।

तर अहिले धेरैजसो एम्बुलेन्सको कमाउधन्दा नै चलेको छ, विरामीको नाममा विभिन्न जिल्लाबाट काठमाडौंमा यात्रु ल्याउने । केही दिनयता विभिन्न नाकाबाट काठमाडौंमा दर्जनौं एम्बुलेन्स बिरामीको नाममा यात्रु लिएर भित्रने गरेका छन् । सामान्ययता एम्बुलेन्समा एकजना बिरामीमा बढीमा दुई जना कुरुवा मात्र आउने गरिएपनि ८/१० जना भन्दा बढी मानिस ल्याइने गरेको छ ।यसमा न प्रहरी प्रशासनले चेक गरेको छ न यस विषयमा सरकारले नै ध्यान दिएको छ । प्रहरीले पनि एम्बुलेन्स देख्ने वित्तिकै नम्बरमात्र इन्ट्री मात्र गरेर छाड्ने गरेको अर्घाखाँचीबाट मंगलबार मात्र काठमाडौं आईपुगेकी एक महिलाले बताईन ।

एम्बुलेन्सको गैरकानूनी रुपमा यात्रु ओसारपसारमा काममा सहयोगी बन्दै आएका छन् स्थानीय क्लिनिक तथा अस्पतालहरु । उनीहरुले एम्बुलेन्स चालकसँगको मिलेमत्तोमा बिरामी नै नभएको व्यक्तिको नाममा काल्पनिक बिरामी खडा गरेर काठमाडौं रिफर गर्ने गरेको र सोही अनुसार एम्बुलेन्सले यात्रु ओसार्ने गरेका छन् । जसबापत क्लिनिक तथा अस्पतालहरुले पनि एम्बुलेन्ससँग कमिशन लिँदै आएका छन् ।

यसैगरी राजनीतिक दल, मन्त्री तथा पहुँचवालाले अत्यावश्यकको नाममा आफन्तलाई जथाभावी रुपमा सवारी पास वितरण गरेका कारणले पनि पछिल्लो समय काठमाडौंमा थप कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । सरकारले देशलाई पूर्ण रुपमा लकडाउनको घोषणा गरेपनि अहिले काठमाडौंका मुख्य सडकका सवारी आवागमन बाक्लै देखिन थालेको छ । ‘सरकारले सुरुका दिनदेखि नै आफन्त र पहुँचवालाई ठूलो संख्यामा सवारी पास वितरण गरेका कारण अहिले बाहिरबाट उनीहरुले आफन्त काठमाडौं ल्याउने क्रम बढेको छ भने सोही अनुपातमा काठमाडौंमा पनि सावारीको बाक्लै भीड देखिन थालेको छ,’ उच्च स्रोतले भन्यो, ‘पछिल्लो समय पनि ई–पासको नाममा जिल्ला प्रशासनले चिनजान र पहुँचवालाई सहजै पास दिन थालेको छ । यसले पनि सवारी चाप बढाएको छ, यसले गत हप्तासम्म कोरोनाबाट सुरक्षित हुँदै आएको काठमाडौं रेड जोनमा पार्न लागेको छ ।’

विशेषगरी कोरोना संक्रमणको जोखिम उच्च भएका जिल्लाका मासिनहरु सुरक्षित बासोबासका लागि पनि बढी भाडा तिरेर वा पहुँचको आधारमा सवारी पास मगाएर काठमाडौं भित्रने क्रम बढेको छ । पछिल्लो सयम सुदूरपश्चित तथा पूर्वी जिल्लाहरुमा कोभिड १९ को संक्रमण बढेसँगै ती जिल्लामा मानिसहरु काठमाडौं भित्रने क्रम बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

यसैगरी लामो समयदेखि कोभिड १९ को विषयमा अध्ययन अनुसन्धान गर्दै आएका जनस्वास्थ्य विद डा रबीन्द्र पाण्डेले दिन पछिल्लो हप्ता काठमाडौं थप असुरक्षित भएको बताएका छन् । उनले सोमबारसम्म काठमाडौं सुरक्षित रहेको बताउँदै आएकोमा पछिल्लो अनुसन्धानले दशौं हजार मानिसहरु सवारी पास लिएर सवारी पास लिए रिजर्भ गरेर तथा एम्बुलेन्स लगायतका सावारीसाधनको दुरुपयोग गर्दै विभिन्न नाकाबाट काठमाडौं भित्रिएका कारण असुरक्षित रहेको बताएका छन् । ‘६ हप्ताको लकडाउनका काठमाडौं सुरक्षित थियो तर गत १० दिन यता असुरक्षित बन्दै गयो,’ उनले आफ्नो फेसबुकमार्फत भनेका छन्,’ ‘उनीहरुलाई सरकारले देखेन, सरकारले देखेन । त्यसैले उनीहरुलाई क्वारेन्टीमा राख्नु परेन, उनीहरुको विवरण थाहा भएन ।’ साथै अब थप १५ दिन घर भित्रै बस्नुको विकल्प नरहेको उनको दावी छ ।

यसैगरी तरकारी तथा अत्यावश्यकीय बस्तु ढुवानी गर्ने सवारीसाधनहरुले पनि बढी भाडा लिएर विभिन्न जिल्लाबाट मानिसहरु काठमाडौं ल्याउने गरेरको सम्बद्ध सरोकारबालाहरु बताउँछन् । तरकारी तथा मालसामान ढुवानी गर्ने सवारी साधनले पनि बढी शुल्क लिएर विभिन्न जिल्लाबाट काठमाडौंमा यात्रु भित्र्याउने गरेको पाइएको छ । सरकारले जनतालाई कोरोनाको त्रास देखाएका लामो समयदेखि लकडाउन गरेपनि पछिल्लो समय एम्बुलेन्स र पासको दुरुपयोग गर्दै काठमाडौं भित्र्ने क्रम बढेको र त्यसरी भित्रिएका यात्रुहरु खुलेआम हिडिरहेका कारणले गर्दा पनि कोरोना संक्रमणको थप जोखिम बढ्ने देखिएको छ ।

विशेषगरी त्यसरी भित्रिएका मानिसहरुले आएको भोलिपल्ट देखि नै ठेलागाडामा तरकारी व्यापार, गर्ने हरिया मकै बिक्री गर्ने, फलफुल बिक्री गर्ने तथा मानिसहरुको भीडभाड बढी हुने खालका काममा सक्रिय भएका कारणले गर्दा पनि कोरोना संक्रमणको जोखिम बढी भएको हो । यदि सरकारले त्यसरी काठमाडौं भित्रिएका मानिसहरुलको पहिचान गरी तत्काल क्वारेन्टीनमा नराख्ने हो भने थप भयाबहको स्थिती सिर्जना हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL