Logo

एकैदिन कोरोना जितेर ६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, एक हप्ता विराटनगर क्वारेन्टाइनमै राखिने

एकैदिन कोरोना जितेर ६ जना संक्रमित अस्पतालबाट डिस्चार्ज, एक हप्ता विराटनगर क्वारेन्टाइनमै राखिने



काठमाडौं । कोरोना भाइरस संक्रमणपछि उपचाररत ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् । विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएको कोशी अस्पतालले जानकारी दिएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

पछिल्लो समयमा ३ पटकसम्म गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज भए पछि अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गरेका हुन ।

पछिल्लो समयमा संक्रमित भएर उपचार पछि निको भए पनि पुनसंक्रमण देखिन थाले पछी उनीहरुलाई एक हप्ताको लागि बिराटनगरमै राखिएको अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्