Logo

लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय, बुधबारको मन्त्रिपरिषदले थप निर्णय गर्ने

लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय, बुधबारको मन्त्रिपरिषदले थप निर्णय गर्ने



काठमाडौं । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले हाल जारी लकडाउनलाई थप लम्ब्याउने बारेमा छलफल गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको हो ।

लकडाउनलाई निरन्तरता दिने सरकारको अहिलेको निर्णय नै उचित रहेको समितिले ठहर गरेको एक मन्त्रीले बताएका छन् । उनका अनुसार २५ गतेदेखि लकडाउन बढाउने या अन्य निर्णय गर्नेबारे निर्णय भने भोली हुने मन्त्रिपरिषद बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL