Logo

अबैध तरिकाबाट नेपालमा भारू भित्रदै, सामान ढुवानी गर्ने ट्रकमा १ करोड ९ लाख भारुसहित दुई भारतीय पक्राउ

अबैध तरिकाबाट नेपालमा भारू भित्रदै, सामान ढुवानी गर्ने ट्रकमा १ करोड ९ लाख भारुसहित दुई भारतीय पक्राउ



काठमाडौं । लकडाृनको समयमा पनि अबैध तरिकाबाट नेपालमा भारू भित्रन थालेको छ । प्रहरीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेसँगै तस्करीको रहस्य खुलेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँचको टोलीले भारतको सुपौलबाट आएको खाली ट्रक चेकगर्दा उक्त रुपैयाँ फेला पारेको हो।

प्रहरीले भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रकबाट उक्त रकम बरामद गरेको हो। लकडाउनको समयमा सीमानाका सिल गरेको भएपनि अत्यावश्यक वस्तु ढुवानी गर्ने साधनको रुपमा ट्रक भारतबाट नेपाल भित्रिएको थियो ।

प्रहरीले ट्रकका चालक र सह चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको सशस्त्र प्रहरी प्रवक्त डीआईजी प्रविणकुमार श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL