Logo

नेपालगन्जमा २५ गतेसम्म कर्फ्यु लगाउने निर्णय, औषधि पसलबाहेक सबै बन्द

नेपालगन्जमा २५ गतेसम्म कर्फ्यु लगाउने निर्णय, औषधि पसलबाहेक सबै बन्द



काठमाडौं । बाँकेको नेपालगञ्जमा मंगलबार देखि २५ गतेसम्म कर्फ्यु लगाउने निर्णय भएको छ। सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मंगलबारदेखि कर्फ्यु लगाउने निणर्य गरेको हो।

मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो। कर्फ्युको समयमा औषधि पसलबाहेक अन्य व्यवसाय खोल्न नपाइने बताईएको छ ।

बाँकेमा मात्र १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले कम्तीमा तीन दिन कर्फ्यू लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो।

प्रतिक्रिया दिनुहोस्