Logo

काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अन्य जिल्लामा संक्रमणको अवस्था हेरी खुकुलो र थप कडा बनाईने

काठमाडौंमा तत्काल लकडाउन नखुल्ने, अन्य जिल्लामा संक्रमणको अवस्था हेरी खुकुलो र थप कडा बनाईने



काठमाडौं । सरकारले काठमाडौंमा तत्कालै लकडाउन खुला नगर्ने भएको छ । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समितिको बैठकले तत्काल काठमाडौंमा लकडाउन खुला नगर्ने निष्कर्ष निकालेको हो ।

पछिल्लो समय अन्य जिल्लाहरुमा कोरोना संक्रमण हुने क्रम बढेसँगै त्यसको अवस्था अध्ययन गरेर मात्रै लकडाउन खुला गर्ने वा नगर्ने विषयमा टुङगो लगाईने भएको छ । सो सम्बन्धमा विस्तृत खाका तयार गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ ।

सम्बद्ध मन्त्रालयले खाका तयार गरी लकडाउनको मोडालिटी बारेर भोलिनै समितिमा पेश गर्ने र त्यसपछि बस्ने मन्त्रिरिषद् बैंठकले निर्णय गर्ने भएको छ । ‘लकडाउन खुकुलो बनाउने तयारी भैरहेको छ,’ सो समितिका एक सदस्यले भने, ‘तर केही दिनयता बाहिरी जिल्लामा संक्रमितका संख्या ह्वात्तै बढेकाले खुला गर्ने विषयमा तत्काल कुनै निर्णय हुन सकेन ।’

तत्कालका लागि अन्य क्षेत्रमा खुला गरेरपनि काठमाडौंलाई भने तत्काल खुला नगरिने ती मन्त्रीले जानकारी दिए । काठमाडौं पनि खुला गर्दा विभिन्न जिल्लाबाट प्रवेश क्रम ह्वात्तै बढ्ने र त्यसले थप जोखिम बनाउने भन्दै तत्काल खुला नगर्ने निर्णय गरेको हो ।

समितिमा भारतमा जस्तै रेड, एल्लो र ग्रीन जोन गरी तीन क्षेत्रमा विभाजन गरी लकडाउनको मोडालिटी तयार गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL