Logo

सरकारी वकिल कार्यालयमा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल बिरूद्व सांसद यादव अपरहणको जाहेरी दर्ता

सरकारी वकिल कार्यालयमा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल बिरूद्व सांसद यादव अपरहणको जाहेरी दर्ता



काठमाडौं । सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गर्ने्विरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन ।

सांसद यादवले उनको निवेदन आज दर्ता भएको जानकारी दिए । र, आजैबाट छानबिन सुरु गर्नेपनि सरकारी वकिलको कार्यालयले जनाएको यादवको भनाई छ ।

यता आफुहरु निर्दोष रहेको भन्दै बस्नेत, श्रेष्ठ र खनाल मानवअधिकार आयोग पुगेका छन् । तीनै जानले सोमबार आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।

गत बैशाख १० गते उनीहरुले समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौंसम्म अपहरण गरि ल्याएको भन्ने आरोप रहेको छ । सोमवार आयोग पुगेर उनीहरुले सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको समेत बताएका छन् ।

डा यादवले वैशाख १८ गते आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकारमा उनीहरु विरुद्ध उजुरी रहेको छ । सांसद यादवको अपहरण आफुहरुले नगरेको भन्दै सोमवार उनीहरुले आफुहरुको रक्षा गरिदिन माग गर्दै उजुरी दिएका हुन् ।

पूर्व मन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसदलाई सांसद बस्नेत, श्रेष्ठ तथा पूर्वआईजीपी खनालले महोत्तरीस्थित उनको घरमै गइ काठमाडौं ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्