Logo

प्रधानमन्त्रीको निर्देशनपछि लकडाउनमा थप कडाई, काठमाडौं उपत्यका छिर्ने नाकामा कडा चेकजाँच

प्रधानमन्त्रीको निर्देशनपछि लकडाउनमा थप कडाई, काठमाडौं उपत्यका छिर्ने नाकामा कडा चेकजाँच



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि देशमा हाल जारी लकडाउनमा थप कडाई गरिएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गर्न थालिएको हो ।

देशका विभिन्न ठाँउबाट काठमाडौं उपत्यका भित्रिने सवारी साधनमा पनि थप कडाई गरिएको छ । आइतवारबाट नाकामा खटिएका सुरक्षाकर्मीहरुले अत्यावश्यक सवारीलाई मात्र छिर्न दिएका छन् ।

लकडाउनका कारण एक प्रदेशबाट अर्को प्रदेश तथा एक जिल्लाबाट अर्को जिल्ला जानको लागि समेत रोक लगाएको छ । तर विभिन्न बाहानामा काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिनेको संख्या बढिरहेको कारण पनि सरकारले कडाई गरेको हो ।

आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए। तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ। सिडिओ कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका जनाइएको छ ।

लकडाउनको बेला पनि सरकारले अत्यावश्यक सवारीका साधनलाई चल्न दिने निर्णय गरेको थियो । त्यसै अनुसार निजी सवारीमा बिरामी बोकेर आएकालाई भने विरामीको अवस्था र रिपोर्ट हेरेर छोड्ने गरेको छ। भने अन्यलाई कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL