Logo

जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सवारी आवागमनमा समस्या

जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सवारी आवागमनमा समस्या



काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत जलबिरेमा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको छ । गएरातीदेखि अनवरत परेको वर्षाको कारण पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको हो ।
मुग्लिन-नारायणगढ सडक अन्तरगत पर्ने इच्छाकामना गाउँपालिका ६ जलबिरेमा आज बिहान गएको पहिरोका कारण राजमार्ग दुइतर्फी अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधनहरु राजमार्गमा नै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL