Logo

लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका २० सुझाव

लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका २० सुझाव



काठमाडौं । १. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता |

२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता |

३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली |

४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने | आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने / खोक्ने | त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने | कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने | मास्क तथा अनुहारमा हात नलग्ने | सेवाग्राहीसंग दुरी कायम गर्ने | सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी / स्यानिटाइजरको ब्यबस्था गर्ने |

५. भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने |
६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने | घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने | किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने |

७. अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने | व्यक्तिगत दुरी कायम गर्ने, मास्क / चस्मा लगाउने |

८. सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने | लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने | सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने / त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने |

९. औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने | प्राथमिक उपचारका साधन / औषधि अलिअलि भएपनि घरमा राख्ने |

१०. मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश / स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ % मात्र छ ..लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने |

११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने / नसुन्ने | असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्ने | जिम्मेवार मेडिया तथा स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने |

१२. मितव्ययी : कोरोना संक्रमण लम्बिएमा आफ्नो पारिवारिक अर्थतन्त्र कसरी धान्ने भनेर योजना बनाउने | अनाबश्यक खर्च नगर्ने | बाहिर खाना / खाजा नखाने | सहरमा परिवार पाल्ने सम्भावना नभए आफ्नो गाउँ गएर खेतीपाती गर्ने | बच्चालाई गाउँको स्कुलमा पढाउने |

१३. घर फर्केपछि : कामबाट घर फर्केपछि बाहिरी पोशाक घरबाहिर खोल्ने, धुने, घाम लाग्ने ठाउँमा सुकाउने, नुहाउने | अनि अरु परिवारसंग भेट्ने |

१४. घरभित्रको दुरी : जेष्ठ नागरिक / बिरामीसंग घटीमा १ मिटरको दुरी घरभित्र कायम राख्ने |
१५. अत्यावश्यक तयारी : नजिकको एम्बुलेन्स, प्रहरी, स्वास्थ्य संस्था, आफ्नो चिकित्सक तथा सहयोगीको फोन नम्बर राख्ने |

१६. आत्मबल : आत्मबल उच्च राख्ने | आफ्नो रोगसंग लड्ने क्षमताप्रति विश्वास गर्ने | मनमा डर, त्रास , चिन्ता आदिको पालनपोषण नगर्ने | उच्च मनोबलले कोरोना संक्रमण जित्न सक्छ |
१७. व्यायाम : सकभर घरभित्र व्यायाम गर्ने | भीड नहुने ठाउँमा मास्क लगाएर तथा सामाजिक दुरी कायम गरेर दिनको एकपटक जगिंग गर्न सकिन्छ |

१८. खानपिन : ताजा, मौसम अनुसारको तथा स्वस्थबर्धक खाना खाने | गुन्द्रुक, मस्यौरा लगायत बनाएर राख्ने | चुरोट, खैनी, रक्सी सेवन नगर्ने |

१९. आत्मनिर्भरता : आफ्नो जग्गा, करेसाबारी, कौसी, छत, कोठाभित्र जे गर्न सकिन्छ, खेतीपाती गर्ने |

२०. ब्यबसाय परिवर्तन : अबको २-३ बर्ष उत्पादन, बजारीकरण, वितरण, अनलाइन अर्डर / होम डेलिभरीको पेशा निकै चल्नेछ | तसर्थ जोखिम अवस्थामा रहेका ब्यबसाय परिवर्तन गर्ने | आदि ||

प्रतिक्रिया दिनुहोस्
MBL