Logo

नेपाल लाइफ २० औं वर्षमा प्रवेश, सातै प्रदेशका असहाय बृद्धबृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग

नेपाल लाइफ २० औं वर्षमा प्रवेश, सातै प्रदेशका असहाय बृद्धबृद्धा, महिला तथा अनाथ बालबालिकालाई सहयोग



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mनो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । २०५८ मा स्थापना भएको सो कम्पनीले बीमित, सेवाग्राहीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले २० औं वर्ष प्रवेशको अवसरमा सम्पूर्ण कर्मचारीहरुले ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । कम्पनीको कर्मचारीमार्फत उठाईएको सो रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरेको हो ।

कम्पनीले प्रदेश १ सरकारले स्थापना गरेको कारोना जनसुरक्षा कोषमा १ लाख २१ हजार रुपैयाँ, प्रदेश २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटरलगायत सहयोग गरेको छ । त्यस्तै अन्य प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १ करोड रकम हस्तान्तरण गरिसकेको छ । २० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, सेयरधनी, सञ्चालक समिति, नियमनकारी निकायलगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई धन्नेबाद ज्ञापन गरेका छन ।

हाल कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउनसमेत उनले आग्रह गरेका छन ।

सञ्चालक समितिका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गरेका छन । कम्पनीको बीमा शुल्क बिभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटमार्फत जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । कम्पनीको प्रिमियम डिजिटल वोलेटहरु इसेवा, खल्तीलगायतका माध्यमबाट समेत भुक्तानी गर्नसक्नेछन ।

२० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL