Logo

जिसिएफ र एफएओद्धारा साढे ४ अर्ब बढी सहयोग, जलवायु परिवर्तनमा उपयोग गरिने

जिसिएफ र एफएओद्धारा साढे ४ अर्ब बढी सहयोग, जलवायु परिवर्तनमा उपयोग गरिने



काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४ अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे ६ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरेका छन । उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित २ लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL