Logo

नाराणणी अस्पतालबाट कोरोना स‌ंक्रमण निको भएर डिस्चार्ज भएका युवकलाई फेरि अस्पताल भर्ना गरियो

नाराणणी अस्पतालबाट कोरोना स‌ंक्रमण निको भएर डिस्चार्ज भएका युवकलाई फेरि अस्पताल भर्ना गरियो



काठमाडौं । नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ । नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।

इशनाथ नगरपालिकाका प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताका अनुसार ती युवकको रिपोर्ट शंकास्पद आएकोले फेरि भर्ना गर्नुपरेको जानकारी स्वास्थ्यकर्मीको टोलीले घरपरिवारका सदस्यलाई दिएका छन् ।

बैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका युवकको १८ गते फेरि घरमै पुगेर स्वास्थ्यकर्मीहरुले नमूना संकलन गरेका थिए । परीक्षणमा फेरि शंकास्पद रिपोर्ट आएकोले भर्ना गर्नुपरेको जानकारी परिवारलाई दिइएको प्रकाशकिय अधिकृत गुप्ताले बताए । गुप्ताका अनुसार भारतबाट फर्केका ती युवकको स्वास्थ्य अवस्था पहिले देखि नै कमजोर थियो ।

प्रतिक्रिया दिनुहोस्