Logo

नेफ्स्कूनको २८ औ स्थापना दिवस सम्पन्न, किसान बचत तथा ऋण उत्कृष्ट सहकारी

नेफ्स्कूनको २८ औ स्थापना दिवस सम्पन्न, किसान बचत तथा ऋण उत्कृष्ट सहकारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
३२ साउन,काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २८ औ स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा विभिन्न विधाका उत्कृष्ट सहकारीलाई पुरस्कृत समेत गरेको छ । यस वर्ष किसान बचत तथा ऋण सहकारी संस्था गैंडाकोट मुलुककै सर्वोत्कृष्ट सहकारी घोषणा भएको छ ।

त्यसैगरी महिलातर्फ मकवानपुरको महिला जनचेतना साकोस चुरियामाई सम्मानित भएको छ । जिल्ला संघमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ , पूर्वाञ्चलमा हाम्रो साकोस उर्लावारी, मध्यमाञ्चलमा स्रोत परिचालन धादिङ, पश्चिमाञ्चलमा गैंडाकोट, मध्यपश्चिममा विश्वासिलो बर्दिया र सुदुर पश्चिममा जनज्योती कञ्चनपुरलाई विकास क्षेत्रस्तरीय उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित गरेको छ ।

यस वर्षको संस्थापक अध्यक्ष पुरस्कार दोलखाका केशब कार्की र मोरङका पार्वती बराललाई सम्मानित गरिएको छ । नेफ्स्कून सम्मान पुरस्कार मकवानपुरका मेनका दाहाल र काठमाण्डौंका देवेन्द्र अर्याललाई प्रदान गर्ने घोषणा भएको छ ।

त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कार रुपन्देहीका डा. खगराज शर्मालाई सम्मान गरिएको छ । शर्माले सहकारीमार्फत गरीवी निवारणमा विद्यावारिधि गरेका हुन । नेफ्स्कून राइफाइसन क्रेडिट युनियन पुरस्कार आइरिस लिग अफ क्रेडिट युनियन आयरल्याण्डलाई पुरस्कृत गरिएको छ । साकोस अभियानका उत्कृष्ट व्यवस्थापकको रुपमा बुडोल काभ्रेका विवेकराज ठकुरी र नेफ्स्कूनका उत्कृष्ट कर्मचारीको रुपमा थलप्रसाद चौलागाई, नेकोस प्लस सफटवेयरतर्फ ज्योती मिर्मिरे सामुहिक साकोस पनौतीलाई सम्मानित गरिएको छ ।

त्यसैगरी अन्तरलगानीमा लालिगुंरास मोरङ, सहकारी सदस्य सुरक्षा योजनामा सहयोगी साकोस सुनसरी र लघुवित्त कार्यक्रमतर्फ सप्तकोशी साकोस सम्मानित गर्ने नेफ्स्कून सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक तथा नेफ्स्कूनका निवर्तमान अध्यक्ष मीनराज कंडेलले जानकारी दिए ।

कार्यक्रममा नेपाल स्वास्थ्य सेवा केन्द्रीय सहकारी संघका अध्यक्ष एवम् संविधानसभाका सदस्य राजेन्द्र पाण्डेले सहकारी सुशासन र वित्तिय अनुशासनका लागि छुट्टै कानून बनाउने कार्यमा सहयोग गर्ने दिलासा दिए । नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले बचत तथा ऋण सहकारीहरुको गुणस्तर र स्तरीकरणका लागि साकोस एकरुपता प्रणाली अनिवार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL