Logo

अमेरिकी डिभिको नतिजा एक महिनापछि मात्रै, अन्तर्वार्ता कार्यक्रममा भने कुनै फेरबदल नहुने

अमेरिकी डिभिको नतिजा एक महिनापछि मात्रै, अन्तर्वार्ता कार्यक्रममा भने कुनै फेरबदल नहुने



काठमाडौं । अमेरिकाले सधैं जस्तो सार्वजनिक गर्दै आएको डिभीको नतिजा यसवर्ष समयमै नआउने भएको छ । विगत वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेश मन्त्रालयले यसवर्ष भने जुन ६ पछि मात्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

डिभी २०२१ निवेदकहरूका लागि अपडेट शिर्षकमा अमेरिकी दूतावासको फेसबुक पेजमा पोष्ट गरिएको स्टाटसमा ‘कोभिड –१९’ को विश्वव्यापी प्रकोपको कारणले साधारणतया २०२० को मे ५ मा हुनुपर्ने डाइभर्सिटी भिसा कार्यक्रम छनौटको नतिजा जुन ६, २०२०को लागि सारिएको जनाइएको हो ।

उसले अगाडि लेखेको छ, ‘तर यो ढिलाईले अक्टोबर १, २०२०मा हुने तय भएको अन्तर्वार्तामा कुनै असर गर्ने छैन। निवेदकहरूले ध्यान पुर्याउनुपर्ने कुरा यो छ कि, दूतावासले तपाईंहरू कसैको पनी डिभी नतिजा यस्तो भयो भनेर फोन या ईमेलमार्फत सम्पर्क गर्नेछैन।

नतिजा थाहा पाउने एकमात्रै उपाय तपाईंले आवेदन दिंदा पाउनुभएको कन्फर्मेसन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट हेर्ने मात्रै हो, जस्ले तपाईंहरूलाई ठगहरूबाट बच्न पनि सहयोग गर्नेछ।

जून ६ नजिकिंदै गर्दा हामी थप अपडेटहरू तपाईंलाई दिने नै छौं, तर तपाईंहरूलाई कुनै जिज्ञासा भएमा  travel.state.gov मा गएर DV  कार्यक्रमका बारे हेर्न सक्नुहुन्छ।’

सन् २०२१ का लागि गतवर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । कोरोनाको महामारीबाट उत्पन्न समस्याले डिभी लोटरीको नतिजा स्थगित गर्नु परेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL