Logo

नेकपा सचिवालय बैठक सम्पन्न : प्रचण्डलाई रातो टेवल बामदेवलाई प्रतिनिधि सभा, बैशाख २५ मा स्थायी कमिटीको बैठक

नेकपा सचिवालय बैठक सम्पन्न : प्रचण्डलाई रातो टेवल बामदेवलाई प्रतिनिधि सभा, बैशाख २५ मा स्थायी कमिटीको बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बामदेब गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरेको छ । बैठकले गौतमलाई प्रतिनिधि सभामा लैजाने निर्णय गर्नुका साथै वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णयसमेत गरको छ ।

त्यस्तै नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रातो टेबलमा राखिएको छ । यस अघि अरु नेताहरुसँगै बसेका अध्यक्ष प्रचण्डलाई आज देखि अध्यक्ष ओलीसँगैको रोमा रातो टेबलमा बस्ने ब्यवस्था मिलाएको छ ।

आजको बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेको समस्या र संकटहरुलाई समाधान गर्नेगरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने संकल्पसमेत गरेको छ ।

प्रचण्ड नेपाल गठबन्धनको भैसेपाटी बैठकले केपी ओलीलाई प्रधाममन्त्री वा दुईटै पद बाट हटाउने जोड गरे पनि सचिवालय सदस्य बामदेब गौतम र रामबहादुर बादलले केपी ओलिलाई समर्थन गरे पछि उक्त प्रयास तत्काललाई असफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्