Logo

हुण्डी कारोबारमा संलग्न दुईजना काठमाडौंबाट पक्राउ, थप अनुसन्धान हुँदै

हुण्डी कारोबारमा संलग्न दुईजना काठमाडौंबाट पक्राउ, थप अनुसन्धान हुँदै



काठमाडौं । हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट २४ लाख २१ हजार रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । काठमाडौंको टंकेश्वर र कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई नगद पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीया रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीया सागर श्रेष्ठ रहेका छन । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको हो ।

उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा संलग्न उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL