Logo

सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओली किन पुगे राष्ट्रपति भेट्न शितल निवास ?

सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओली किन पुगे राष्ट्रपति भेट्न शितल निवास ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

अहिले साढे ५ बजेका लागि सचिवालय बैंठक राखिएपनि सोभन्दा अघि प्रधानन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबैपदबाट हटाउने चलखेलमा माधब नेपाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल लागेपछि ओलीले सम्बद्ध निकायसँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।

तर बैैंकठ बस्नु अघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न जानु र यस अघि राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सिजिङ पिङसँग सरकारको पछिल्लो गविधिको बारेमा भएको कुराकानीले पनि यसलाई अर्थ पूर्ण तरिकाबाट हेरिएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्