Logo

कोरोना विरुद्धको लडाईमा विश्वको शीर्ष स्थानमा नेपाली डाक्टर, सूचीको पाँचौ नम्बरमा छानिइन डा रुना झा

कोरोना विरुद्धको लडाईमा विश्वको शीर्ष स्थानमा नेपाली डाक्टर, सूचीको पाँचौ नम्बरमा छानिइन डा रुना झा



काठमाडौं । कोरोना भाइरसको उपचारमा सक्रियरुपमा देखिएका विश्वका पाँच महिला मध्ये नेपालकी डा रुना झा छनोटमा परेकी छिन ।

जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झालाई विश्वका पाँच महिलाको सुचीमा युएन ओमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीअन्तरगत छनौट गरेको हो ।

संकटका बेला डा.झाले देखाएको कार्यकुशलता र सक्रियताको आधारमा डा झालाई शीर्ष पाँच महिलाको सूचीमा राखिएको हो । उनले भनिन, ‘प्रयोगशालामा अबेरसम्म बस्नु सामान्य जस्तो भएको छ । यहाँ प्राविधिक कामको साथै अतिरिक्त, यातायात र खानाको प्रबन्ध गर्नेलगायतका कामसमेत गर्नुपर्छ ।’

चिकित्सकको टीमको ख्याल राख्नु झाको लागि उच्च प्राथमिकता हो । चीनको वुहानबाट ल्याइएको १ सय ७५ विद्यार्थीलाई क्वारेन्टाइनमा राखेपछि पहिलो पटक प्रवेश गर्ने टोलीमा झाको टोली परेको थियो । उनीसँगै काजिकस्तान, चीन, जोर्डन, क्यारावियनलगायतका महिला उक्त छनौटमा समाबेश भएकी छिन ।

प्रतिक्रिया दिनुहोस्