Logo

बैशाख २६ पछि लकडाउन खुकुलो हुने, सिमा क्षेत्रमा थप कडाई, सिनेमा हल, होटल रेष्टुँरा, विद्यालय तत्काल नखुल्ने

बैशाख २६ पछि लकडाउन खुकुलो हुने, सिमा क्षेत्रमा थप कडाई, सिनेमा हल, होटल रेष्टुँरा, विद्यालय तत्काल नखुल्ने



काठमाडौं । बैशाख २६ गते पछि लकडाउनलाई केही खुकुलो बनाउने गरि सरकारले तयारी थालेको छ । गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण बिकाश निर्माणलगायतका सबै काम ठप्प भए पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो ।

सरकारले क्षेत्र निर्धारण गरि लकडाउनलाई केही खुकुलो बनाउने तयारी गरिएको एक मन्त्रीले जानकारी दिए । ‘सरकारले गठन गरेको कोरोना न्युनिकरण सम्बन्धी उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरिय संयन्त्रले पनि सोही अनुरुप कसरी सहज बनाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको छ,’ ती मन्त्रीले भने, ‘उक्त समितिको सिफारिसमा अबका दिनमा बस्ने मन्त्रिपरिषदका् बैंठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने गरी खुकुलो बनाउनेछ ।’

यसैगरी पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आन्नद पोखरेलले पनि लकडाउनलाई खुकुलो बनाउने विषयमा पार्टी र सरकारमा छलफल भैरहेको जानकारी दिएका छन । उनले देश र पार्टी थला परेको भन्दै लकडाउनलाईसमेत खुकुलो बनाउने तयारी गरेको जानकारी दिएका हुन । सरकारले लक डाउन पूर्ण रुपमा नखुलाउने तर क्षेत्र निर्धारण गरेर खुलाउने तयारी भईरहेको उनले जानकारी दिएका छन ।

उनका अनुसार तराई क्षेत्रबाट काठमाडौं उपत्यकामा प्रवेश गर्न भने दिईने छैन । तर अन्य क्षेत्रका आवतजावतका लागि भने खुलाउने तयारी भईरहेको बताए । तराई क्षेत्रको लागि भने काठमाडौंदेखि बाहिर जान पाउने तर केही समयका लागि भित्रिन नदिने सरकारको नीति रहेकाले केही सवारीसाधन संचालनमा आए पनि उपत्यका छोडेका मानिस पुन काठमाडौं भने आउन पाउने छैनन् ।

सरकारले क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाए पनि सिमा क्षेत्रमा भने थप कडाई गरिने भएको छ । छिमेकी राष्ट्र भारतले लकडाउनलाई २ हप्ता बढाएसँगै तराईका सिमा क्षेत्रमासमते थप लकडाउन चल्ने छ । नेपालको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अति प्रभावित, प्रभावित र सामान्य गरि ३ क्षेत्रमा वर्गिकरण गरि नेपालको लकडाउन खुकुलो पार्ने सरकारको तयारी रहेको पोखरेलले जानकारी दिएका हुन ।

त्यस्तै सरकारले काठमाडौंलगायतका केही जिल्लामा लकडाउन खुकुलो बनाए पनि तत्काल सिनेमा घर, होटल रेष्टुँरा, विद्यालयभने नखुल्ने भएको छ । तर अन्य बिकाश निर्माणका आयोजनासँगै बित्तीय क्षेत्र भने खुलाउने भएको छ । पोखरेलका अनुसार विकाश निर्माणको लागि अहिले इजाजत पत्र (पास) को ब्यवस्था भईरहेको र कतिपयले पास लिईसकेकाले विकाश निर्माणको काम भने नियमितरुपमा अघि बढाईने भएको छ ।

तर विकाश निर्माणको काममा अन्य क्षेत्रबाट मजदुर नल्याउने र स्थानीय श्रोतसाधन र जनशक्तिबाटै गर्ने र सुरक्षाको उपाय अपनाएर मात्रै काम सुरु गर्न सरकारले यस अघिनै निर्देशन दिईसकेको छ । सोही अनुसार देशलाई बन्दी हुन नदिन विकाशेकामको लागि सरकारले पासको ब्यवस्था गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL