Logo

गत आवमा २ लाख ३९ हजार सवारी विक्री, मोटरसाइकलको हिस्सा ८१ प्रतिशत

गत आवमा २ लाख ३९ हजार सवारी विक्री, मोटरसाइकलको हिस्सा ८१ प्रतिशत


रामराजा श्रेष्ठ
0
Shares

आविष्कार खड्का

३२ साउन,काठमाडौं । आर्थिक बर्ष २०७१\०७२ मा नेपालमा २ लाख ३९ हजार ५ सय ८३ सवारी साधन विक्री भएको छ । यो अघिल्लो आवको तुलनामा ४१ हजार २ सय ४० ओटाले बढी हो । आर्थिक बर्ष ७०\७१ मा १ लाख ९८ हजार ३ सय ४३ ओटा सवारी साधन विक्री भएका थिए ।

गत आवमा विक्री भएका सवारीमध्ये मोटरसाइकलको आयात सवैभन्दा बढी छ । सो अवधिमा नेपालमा १ लाख ९६ हजार ३ सय ३८ ओटा मोटरसाइकल विक्री भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका
तथ्यांकमा उल्लेख छ । यो जम्मा विक्री भएको सवारीको ८१ प्रतिशत हो ।

त्यस्तै सो अवधिमा १३ हजार ५ सय ६० ओटा कार तथा जिप विक्री भएको छ ।

आर्थिक बर्ष २०७१\७२मा १० हजार ५ सय २४ ओटा ट्याक्टर विक्री भएको थियो । त्यस्तै ६ हजार ५७ ओटा पिकअप विक्री भएको थियो । ४ हजार २ सय ३६ ओटा ट्रक तथा २ हजार २ सय ७० ओटा मिनि बस तथा मिनी ट्रक विक्री भएको भएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार आर्थिक बर्ष २०७१\ ७२मा बागमति अञ्चलमा सवैभन्दा बढी दर्ता भएको थियो । बागमती अञ्चलमा ७२ हजार २ सय ३३ सवारी दर्ता भएको हो ।

त्यस्तै दोस्रोमा नारायणी अञ्चलमा ६५ हजार १ सय ६१ र कोसीमा ३३ हजार ९ सय सवारी दर्ता भएको थियो । आर्थिक ४६\४७ देखि हालसम्म १९ लाख ९५ हजार ४ सय सवारी साधान भित्रिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL