Logo

अखिलका पूर्व नेता नेपालको सहयोगमा कोरोना प्रभावित विद्यार्थीलाई राहत वितरण

अखिलका पूर्व नेता नेपालको सहयोगमा कोरोना प्रभावित विद्यार्थीलाई राहत वितरण



काठमाडौं । अनेरास्ववियूका पुर्व र वर्तमान नेताहरुले कोरोना प्रभावित विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेका छन् । अखिलका पूर्व नेता राजुप्रसाद नेपालको सहयोगमा अन्य विद्यार्थी नेताहरुले कोरोनाबाट प्रभावित विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरेका हुन् ।

अखिलमा पूर्व नेता एवं समाजसेवी नेपालको सहयोगमा अन्य विद्यार्थी नेताहरुले कोरोनाका कारण दैनिक छाक टार्न मुस्किल भैरहेका विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेका हुन् ।

अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका अखिलका पूर्व नेता नेपालले आर्थिक सहयोगमा वर्तमान नेता सुदेश पराजुलीको नेतृत्वमा काठमाडौ, भक्तपुर र ललितपुर जिल्लामा अफ्ट्यारोमा परेका विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।
राहत प्याकेजमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री समावेश गरिएको नेता सुदेश

पराजुलीले जानकारी दिए । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई उनीहरुको बासस्थान नजिकै पुगेर राहत वितरण गर्ने गरेको समेत नेता पराजुलीले बताए। उनले भने, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ ।

विगत एक महिना भन्दा अघिदेखि जारी लकडाउनका कारण विद्यार्थीहरुलाई खान नै समस्या भएको बुझेर सहयोग गरेका हौँ । हामी विद्यार्थिहरुको बासस्थान नजिकै पुगेर राहत सामाग्री उपलब्ध गराउँछौं ।’ हाल करिव १ सय जना विद्यार्थीलाई राहत वितरण गरिएको र समस्या परेका विद्यार्थहरुलाई निरन्तर सहयोग भएको छ ।

नेप्लिज सोसाइटी अफ टेक्सास(अमेरिका)का कार्यकारी सदस्य समेत रहेका अखिलका पूर्व नेता नेपालले अमेरिकामा पनि नेपाली समुदायहरुका लागि सामाजिक काम गरिरहेका छन् । साथै नेपालमा पनि लकडाउन लम्बिदै गएर विद्यार्थीहरुलाई समस्या परेमा थप राहत वितरण गरिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्