Logo

आईएमई को–अपरेटिभको ५ औं साधारण सभा सम्पन्न, १ अर्व ३९ करोड निक्षेप आर्जन

आईएमई को–अपरेटिभको ५ औं साधारण सभा सम्पन्न, १ अर्व ३९ करोड निक्षेप आर्जन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३२ साउन,काठमाडौं । आईएमई को–अपरेटिभ सर्भिस लि. को ५ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले संचालक समितिको रिक्त पदपुर्तिमा दामोदर खनाल र उपेन्द्र घिमिरे सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
सो अवसरमा कार्यकारी अध्यक्ष योगेश्वर ढकालले साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक बर्ष ०७१\०७२ को आय, व्ययविवरण प्रस्तुत गरेका थिए ।

संस्थाले सो अवधिमा कूल १ अर्व ३९ करोड निक्षेप आर्जन गरेको छ । कर्जा लगानी रु. १ अर्व ५ करोड ८० लाख रहेको सो संस्थाको , शेयर पूँजी रु. १३ करोड र संचालन मुनाफा रु. ६ करोड पुगेको बताइएको छ । त्यस्तै खुद आम्दानी रु. ३ करोड ६९ लाख गर्न सफल भएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै लाभांश वितरण पश्चात बा“की आम्दानीको रकम संस्थाको विभिन्न कोषहरु खडा गरी जम्मा गरेको प्रस्ताव पेश भएकोमा सर्व सम्मत रुपमा अनुमोदन भयो ।

संस्थाका प्रमुखकार्यकारी अधिकृत अर्जुन पौडेलल आर्थिक बर्ष ०७२\०७३ को बार्षिक बजेट तथा विभिन्न कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।

साथै आर्थिक बर्ष ०७२\०७३ मा शेयर पू“जीतर्फ १९ करोड, निक्षेप २ अर्व र कर्जा लगानी १ अर्व ८० करोड, खूदमुनाफा ४ करोड २६ लाख पू¥याउने लक्ष्य सहतिको अनुमानित बजेट पनि प्रस्तुत गरेका थिए  ।

सो अवसरमा आईएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाले छोटो अवधीमा नै उल्लेख्य प्रगती गर्न सफल भएको बताए । ७५ जिल्लामा रहेका सहकारी–सहकारी बिचको सम्वन्ध स्थापित गर्ने क्रममा रेमिटान्सको माध्यमबाट सम्वन्धविस्तार गर्न र व्यवसायिक सञ्जाल, गुणस्तर लगानी, आम्दानी र सक्षमताको हिशाबले एक उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL