Logo

यस्तो छ नेपालमा कोरोना संक्रमण भएर उपचार गराइरहेका ४१ बिरामीको पछिल्लो अवस्था, कहिले हुन्छन निको ?

यस्तो छ नेपालमा कोरोना संक्रमण भएर उपचार गराइरहेका ४१ बिरामीको पछिल्लो अवस्था, कहिले हुन्छन निको ?



काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमित विरामीको संख्या ५७ जना पुगे पनि ४१ जनाको भने उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

१६ जना भने उपचार पछि निको भएर घर फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित मध्ये धनगढीमा र भरतपुरमा १÷१ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ गरी ४१ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्यअवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा द्रुत विधि र पीसीआर विधिको परिक्षणको दायरासमेत बढाईएको छ । त्यस्तै आइसोलेसनमा बस्नेको संख्या देशभरी ८० जना रहेका छन् । क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना रहेका छन् ।

आमाले शिशुलाई स्तनपान गराउँदा कोरोनाको संक्रमण नदेखिएकाले शंका नगरिकन स्तनपान गराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । बालबालिकालाई स्तनपान गराउनु महत्वपूर्ण भएकाले कोभिड देखिएका र क्वारेन्टाइमा रहेका महिलाहरूले पनि शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन सक्ने प्रवक्ता देबकोटाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्