Logo

नागढुंगामा निर्माण भएको डिस्इन्फेक्सन टनेल संचालनमा, नियन्त्रणमा आउला त कोरोना संक्रमण ?

नागढुंगामा निर्माण भएको डिस्इन्फेक्सन टनेल संचालनमा, नियन्त्रणमा आउला त कोरोना संक्रमण ?



काठमाडौं । शुक्रबारदेखि नागढुंगामा नाकामा निर्माण गरिएको ‘डिस्इन्फेक्सन टनेल’ संचालनमा आएको छ । शुक्रबार उककार्यक्रमकोबीच उद्घाटन गर्दै उक्त टनेलमार्फत गाडीहरुलाई प्रवेश दिईएको हो ।

सुन्दर यातायातले आफ्नै लगानीमा उक्त टनेल निर्माण गरेको हो । यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्दै आईरहेको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि नागढुंगा नाकामा गाडीहरुलाई निःसंक्रमण गर्न उक्त टनेलको निर्माण गरेको र उक्त टनेलले कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास छ । टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्