Logo

कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे १० लाख नजिक

कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे १० लाख नजिक



काठमाडौं । २१२ देशमा फैलिएको कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ८ हजार २ सय ३३ जना पुगेको छ । लाईभ अपडेटमा रहेका वल्र्डमिटर्शको तथ्याङ्क अनुसार उपचार पछि निको भएर घर फर्कनेको संख्या भने १० लाख ४२ हजार ८ सय १९ जना रहेको छ । सोही भाईरसका कारण ज्यान गुमाउनेको संख्या भने विश्वभर २ लाख ३४ हजार १ सय ५ जना पुगेको छ ।

सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १० लाख ९५ हजार २ सय १० जना पुगेको छ भने मृतकको संख्या ६३ हजार ८ सय ६१ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै उपचार पछि घर फर्कनेको संख्या भने १ लाख ५५ हजार ७३७ जना रहेको छ । त्यस्तै स्पेन र इटालिमा संक्रमितको संख्या २ लाख भन्दा बढी पुगेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६३९ पुगेको छ भने उपचार पछि घर फर्कनेको संख्या १ लाख ३७ हजार ९८४ जना रहेको छ ।

इटालिमा संक्रमितको संख्या २ लाख ५ हजार ४६३ जना पुगेको छ भने उपचार पछि घर फर्कनेको संख्या ७५ हजार ९४५ जना रहेको छ । त्यस्तै बेलायतमा संक्रमितको संख्या १ लाख ७१ हजार २५३, फ्रान्समा १ लाख ६७ हजार १७८, जर्मन १ लाख ६३ हजार ९, टर्की १ लाख २० हजार २०४, रसिया १ लाख ६ हजार ४९८ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्