Logo

कालोबजारी सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटे, लकडाउन पछि थप अनुसन्धान गरिने

कालोबजारी सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण विभागबाट छुटे, लकडाउन पछि थप अनुसन्धान गरिने



काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले सुलभ अग्रवाललाई तारेखमा छाडेको छ । थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको हो ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो ।

सम्पत्ति शद्धीकरण विभागले एक चरणको बयान लिएर थप अनुसन्धान गर्ने सर्तका छाडेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्