Logo

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पामा बम बिस्फोट, चार बालबालिकाको मृत्यु



काठमाडौं । बिहीबार साँझ रोल्पामा बम बिस्फोट भएको छ । रोल्पामा आज भएको बम बिस्फोटमा परी ४ जना बालबालिककाको मृत्यु भएको छ ।

बिहीबार साँझ जिल्लाको त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँमा भएको बिस्फोटमा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालबालिकाहरु बाख्रा चराएर घर फर्किने क्रममा भएको बम बिस्फोटमा परी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपालीको मृत्यु एको हो ।

हाल सो घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL