Logo

अहिलेसम्म ५८ हजार ८ सय ७१ को परीक्षण सम्पन्न, संक्रमितको संख्या ५७ मात्रै

अहिलेसम्म ५८ हजार ८ सय ७१ को परीक्षण सम्पन्न, संक्रमितको संख्या ५७ मात्रै



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म १२ हजार ११ जनाको पीसीआर तथा ४६ हजार ८६० जनाको आरडीटी गरि ५८ हजार ८७१ जनाको परीक्षण सम्पन्न गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाका अनुसार बिहीबारसम्मको तथ्याङ्क अनुसार उक्त संख्याको परीक्षण भएको र पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८२ जनाको परीक्षण भएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ मा ४९८५, प्रदेश २ मा ५४५६, बागमती प्रदेशमा ८३६१, गण्डकी प्रदेशमा ५४११, प्रदेश ५ मा ३७९९, कर्णाली प्रदेशमा ५४३६ र सुदूरपश्चिम प्रदेशमा १३४११ जनाको आरडीटी परीक्षण गरिएको छ । हाल क्वारेन्टाइनमा २३ हजार ३३६ रहेका छन् भने ८० जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देबकोटाले कोरोना भाइरसको नयाँ संक्रमित फेला नपरेको बताएका छन । हालसम्म नेपालमा ५७ जना संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्