Logo

अदालतले छाडेलगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गर्ने

अदालतले छाडेलगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गर्ने



काठमाडौं । थर्मल गन कालोबजारीको अभियोग लागेका व्यवसायी सुलभ अग्रवाल २५ दिनपछि साढे २५ लाख बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए। कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ।

थर्मल गन कालोबजारीको अभियोग लागेका व्यवसायी सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटी माग गरेको थियो । हीबार न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले २५ लाख धरौटी माग गरेको हो । मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।

उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ। १ वर्षमाथि कैद सजाय हुने मुद्दा भने जिल्ला अदालतमा चल्छन्। सार्वजनिक पदाधिकारी भएकाले १ वर्षमा ६ महिना बढी कैद सजाय हुन सक्ने भएकाले जिल्ला अदालतमा मुद्दा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्