Logo

आईडिया स्टुडियोको अफर : फोन गर्नुहोस, घरमै आइपुग्छ अत्यावश्यक सामान

आईडिया स्टुडियोको अफर : फोन गर्नुहोस, घरमै आइपुग्छ अत्यावश्यक सामान



काठमाडौं । कोरोना भाईरसका कारण नेपाल पूर्ण रुपमा लकडाउनमा परेपछि आईडिया स्टुडियोले अत्यावस्यक सामग्री घरैमा ल्याईदिने भएको छ ।

आईडियाले कोरोनाका कारण लकडाउन थपिँदै गएको अवस्थामा घरबाट बाहिर जान नपाईरहेको अवस्थामा अत्यावश्यक सामग्री उपभोक्ताले कसरी ल्याउने भन्ने चिन्ताबाट मुक्त गरिदिने भएको छ । आइडिया स्टुडियोमा आवद्ध सजिलो मर्मत सेवा, मेट्रो तरकारी, नेपाल मेड र केयूल्याबमार्फत ग्राहकलाई घरैमा सेवा दिन लागेको हो ।

आईडियाका अनुसार ९८०१८८८२८२ मा फोन गरेपछि आफूलाई चाहिने सामग्री घरमै आइपुग्ने छ । जसलाई ‘वान कल ४ सर्भिसेज’ भनिएको छ । जस्ले लकडाउनको सययमा उपभोक्तालाई सहज बनाएको छ । सजिलो ममर्त सेवा अन्तरगत आईडियाले इलेक्ट्रिसियन, प्लम्बिङ, कम्पयुटरलगायतका सामग्री बनाउँनेछन । घर, अफिस वा अस्पताल जुनसुकै क्षेत्रमा पनि विद्युतीय सामग्री बिग्रियो भने बनाउने टेक्निसियन उपलब्ध गराउनेछ । भिडियो वा फोनबाटै पनि बनाउन मिल्ने रहेछ भने त्यो सेवा पनि रहेको छ ।

त्यस्तै मेट्रो तरकारीले किचेनमा चाहिने तरकारीदेखि खाद्यान्नलगायतको सामग्री उपलब्ध गराउने भएको छ । आफूलाई चाहिने सामग्री अडर गरेपछि घरमै बिभिन्न तरकारीहरु ल्याईदिने आईडियाले जानकारी दिएको छ । त्यस्तै लकडाउनका कारण सम्पूर्ण विद्यालयहरु बन्द रहेको अवस्थामा केयू ल्याबले अनलाइन शिक्षा दिइरहेको छ । लकडाउनका कारण विद्यालय तहका विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उनीहरूको पठनपाठन नरोकियो, घरमै बसेर पनि सिक्न सकून् भनेर अनलाइनमा पाठ्य सामग्री राखिएको हो ।

नेपाल मेडले मेडिकल प्रोडक्टको सेवा दिएको छ । कुनै औषधि आवश्यक परेमा नेपाल मेडबाट घरमै उपलब्ध गराउँछ । जति पनि मेडिकल प्रोडक्टहरू छन ती सामग्री नेपाल मेडले उपलब्ध गराउनेछन । आईडियाले दिने उक्त सेवा भने काठमाडौंमा मात्रै सिमित रहेको छ । सामाजिक उत्तरदायित्व र सामूहिक कामको विकास गर्न सहयोग पुग्ने अपेक्षा सहित आईडियाले उक्त सेवा सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्