Logo

नेपालीको प्रतिव्यक्ति आय ५१ डलरले बढ्यो, पुग्यो १०८५ डलर

नेपालीको प्रतिव्यक्ति आय ५१ डलरले बढ्यो, पुग्यो १०८५ डलर



काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय यो बर्ष बढेको छ । गत बर्ष १०३४ युएस डलर रहेको प्रतिव्यक्ति आय यो बर्ष बढेर १०८५ पुगेको हो । केन्द्रिय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो बर्ष नेपालीको प्रतिव्यक्ति आय ५१ डलरले बढेको हो ।

यस्तो यो बष कुल उपभोग खर्च ३० खर्ब ८५ अर्ब पुगेको छ जुन कुल ग्राहस्थ उत्पादनको ८१ दशमलव ९० प्रतिशत हो । यस्तो सेवा तथा वस्तुको खुद निर्यात १२ खर्ब ७ अर्ब ऋणात्मक रहेको छ । साथै रेमिट्यान्स भने ७ खर्ब १६ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्