Logo

मोबाईल फोन इम्पोर्टसको सामाजिक उत्तरदायित्व, नेपाली सेनालाई १० हजार थान मास्क हस्तान्तरण

मोबाईल फोन इम्पोर्टसको सामाजिक उत्तरदायित्व, नेपाली सेनालाई १० हजार थान मास्क हस्तान्तरण



काठमाडौं । कोभिड १९ महामारी नियन्त्रण गर्न मोबाईल फोन इम्पोर्टस (एमपीआईए) ले नेपाली सेनालाई मास्क हस्तान्तरण गरेको छ ।

एमपीआईएले भद्रकाली स्थित नेपाली सेनाको महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको हो । भद्रकाली स्थित नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा एमपीआईएका अध्यक्ष दिपककुमार मलहोत्राले हस्तान्तरण गरेका हुन ।

अध्यक्ष मलहोत्राले उक्त सहयोगले कोरोनासँग लडिरहेका सरकारी निकायलाई थप सहयोग पुग्ने अपेक्षा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्