Logo

कोरोना कहर जारी : मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, संक्रमितको संख्या ३१ लाख ३८ हजार (अपडेट)

कोरोना कहर जारी : मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, संक्रमितको संख्या ३१ लाख ३८ हजार (अपडेट)



काठमाडौं । कोरोनाभाइरसका कारण अहिले संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । विश्वव्यपी रुपमा फैलिएको कोरोनाभाइरसले विश्वका २ सय बढी देशमा प्रभाव पारेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९ सय ६८ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजार ९७ पुगेको छ ।

त्यस्तै विश्वभरका ९ लाख ५५ हजार ६ सय ९५ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ ।

आज बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ पुगेको छ भने संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ४२ हजार २ सय ३८ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २३ हजार ८ सय २२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३२ हजार १ सय २८ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ३ सय ५९ पुगेको छ भने संक्रमितको संख्या २ लाख १ हजार ५ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्