Logo

कोकाकोलाको सामाजिक उत्तरदायित्व, कोभिड—१९ विरुद्ध लडन ८ करोड सहयोग

कोकाकोलाको सामाजिक उत्तरदायित्व, कोभिड—१९ विरुद्ध लडन ८ करोड सहयोग



काठमाडौं । कोभिड—१९ महामारीबाट बचाउन कोकाकोला कम्पनीले नेपालको लागि ८ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोभिड १९ को महामारीबाट बचाउन कोका—कोलाले स्वास्थ्यकर्मी, आपतकालिन कामदार र प्रभावित भएका अन्य कर्मचारीहरुलाई सहयोग पुर्याउन ८ करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

कम्पनीले शुरु गरेको उक्त राहत कार्यक्रमले नेपालका करिब १ लाख भन्दा बढी जनजिवन लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न बिभिन्न चरणकका कार्यक्रमहरु समेत संचालन गरिसकेको छ ।

साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरिरहेको छ । पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा उक्त कार्यहरु गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

कोका—कोलाले नेपालीहरुलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कम्पनीले र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ ।

‘ग्लोबल कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं’, कोका—कोला अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ‘महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL