Logo

कर्मचारीले नै चप्पल, मास्क, सेनिटाइजर चोरेको भिडियो सार्वजनिक भएपछि भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा

कर्मचारीले नै चप्पल, मास्क, सेनिटाइजर चोरेको भिडियो सार्वजनिक भएपछि भरतपुर कोरोना विशेष अस्पतालमा अख्तियारको छापा



काठमाडौं । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालका विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।

केहीबेर अघि हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । भरतपुर महानगरपालिकाको सक्रियतामा संचालन गरिएको सो अस्पताललाई प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट कर्मचारीहरुले नै चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ। उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एकरएक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL