Logo

कोरोना कहर : ३० लाख ६४ हजार संक्रमित, सवा ९ लाखले प्राप्त गरे कोरोनामाथि बिजय (अपडेट)

कोरोना कहर : ३० लाख ६४ हजार संक्रमित, सवा ९ लाखले प्राप्त गरे कोरोनामाथि बिजय (अपडेट)



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । विश्वका २ सय १० देशमा फैलिएको कोरोना भाईरसका कारण धेरैको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ५ सय ३४ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३० लाख ६४ हजार १ सय ६१ पुगेको छ ।

त्यस्तै विश्वभरका ९ लाख २२ हजार ३ सय ६६ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ ।

आज बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ भने संक्रमितको संख्या १० लाख १० हजार ३ सय ५६ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २३ हजार ५ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४ सय २२ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार ९ सय ७७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९९ हजार ४ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्