Logo

विराटनगरबाट आएका यात्रुहरुलाई नागढुंगाबाटै फर्काइयो, सवारी पास हुनेले आफन्तलाई ल्याए घर

विराटनगरबाट आएका यात्रुहरुलाई नागढुंगाबाटै फर्काइयो, सवारी पास हुनेले आफन्तलाई ल्याए घर



काठमाडौं । सोमबार बिहान विराटनगरबाट आएका यात्रुहरुलाई नागढुंगाबाटै फर्काइएको छ । प्रहरीका अनुसार सवारी पास भएकाहरुले आफन्तलाई नागढुंगा पुगेरै घरसम्म ल्याएका छन भने अन्यलाई जो जहाँबाट आएको हो त्यतै फर्काईएको छ ।

आईतबार बेलुका बिराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्ये केहीलाई जान दिएर केहीलाई भने नागढुंगा नाकामै प्रहरीले रोकेको थियो । गृहमन्त्रालयले सोमबार परिपत्र गरी लकडाउनलाई कडाइ गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जहाँबाट आएको हो त्यहीँ फर्काइएको नागढुंगा नाकाका प्रहरीले जानकरी दिएको छ ।

कोरोना भाईरसको महामारीका कारण प्रहरीले बिहानै ति बसहरुलाई नाकामानै रोकेर राखे पछि ति यात्रुहरुलाई फर्काउन काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्