Logo

किन रोकिए बिहानै नागढुंगामा ७ वटा बस, यस्तो छ कारण

किन रोकिए बिहानै नागढुंगामा ७ वटा बस, यस्तो छ कारण



काठमाडौं । विराटनगरबाट पठाइएका काठमाडौंबासीलाई नागढुंगा प्रहरीले रोकेको छ । बिराटनगरमा अलपत्र परेका उनीहरुलाई विराटनगर महानगरपालिकाले आईतबार राती ७ वटा बसमा राखेर १६० जनालाई काठमाडौं पठाएका थिए ।

तर कोरोना भाईरसको त्रासका कारण नागढुंगा प्रहरीले उनीहरुलाई नाकामै रोकेर राखेको छ । प्रहरीका अनुसार बिराटनगरबाट आएको ति यात्रुहरुलाई कोरोना संक्रमण छ कि छैन भनेर नागढुंगा नाकामा गाडी रोकेर चेकजाँच गरिरहेको जानकारी दिएको छ ।

बस कहाँबाट आइरहेको भन्नेबारेसमेत जानकारी नभएकाले चेकजाँचको काम भईरहेको एक प्रहरी अधिकृतले बताए । तर विराटनगर महानगरपालिकाले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्